Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिकित्सक संघका उपाध्यक्ष दाहालको निधन


  • बुधबार, बैशाख १८ २०७६

  • चिकित्सक संघका उपाध्यक्ष दाहालको निधन

    काठमाडौँ –नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको गएराति २ः०० बजे वि.पी स्मृत अस्पताल बसुन्धरा काठमाडौंमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

    डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका थिए । उनी विगत केही समयदेखि बिरामी भई असक्त भएका थिए ।

    संघले एक विज्ञप्ति जारी गर्दै इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सक एवं संघका उपाध्यक्षलाई गुमाउन पुगेकोमा पुरणीय क्षति पुगेको जनाएको छ । उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij