Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाद्वारा गोली हानी आत्महत्या


  • बिहिबार, बैशाख ५ २०७६

  • पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाद्वारा गोली हानी आत्महत्या


    एजेन्सी -पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् ।

    गार्सियालाई उनको आवासमा घुस लिएको आरोपमा पुलिसले   पक्राउ गर्न जाँदा उनले आत्महत्या गरेका हुन् ।

    गार्सियालाई राजधानी लिमाको अस्पताल पुर्याइएको थियो । उनको मृत्युको पुष्टि पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले गरेका छन् ।

    हस्पिटल बाहिर गार्सियाका समर्थक जम्मा भएकमा थिए । उनीहरुलाई पुलिसले नियन्त्रण गरेर फिर्ता पठाएको थियो ।

    गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओेदेब्रक्तसँग घुस लिएको आरोप छ जसलाई उनले अस्विकार गरेका थिए । यी आरोपपछि अधिकारी उनलाई पक्राउ गर्नका लागि उनको घर पुगेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij