काठमाडौँ – बारा र पर्सा जिल्लाको हावाहुरी पीडितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सक्षम फाउण्डेसन नेपालको एक टोली त्यसतर्फ गएको छ ।
टोलीले बारा र पर्सा जिल्लाको हावाहुरी पीडित गाउँमा पुगी पीडितहरुको उपचार गर्नेछ । पाँच दिन सम्म विभिन्न गाउँमा रहने टोलीले आवश्यक औषधि,सनेटोरी प्याड,झुल समेत निशुल्क वितरण गर्ने टोलीको नेतृत्व गर्नु भएका फाउण्डेसनका अध्यक्ष डा.सी.के. सिंहले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व बोध गर्दै सक्षम फाउण्डेसन नेपालको टोली पीडितहरुको उपचारमा खटिन लागेको डा.सी.के. सिंहले बताउनुभयो । टोलीमा डाक्टर, नसर्, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु गरी जम्मा १५ जना रहेका छन् ।
फाउण्डेशनमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी संलग्न छन् । उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
