Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वकै खुसी देशको सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा, नेपाल १०० औं स्थानमा


  • बिहिबार, चैत्र ७ २०७५

  • विश्वकै खुसी देशको सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा, नेपाल १०० औं स्थानमा

    एजेन्सी– सन् २०१९ मा विश्वकै खुसी देशको सूची सार्वजनिक भएको छ जसमा फिनल्यान्ड पहिलो भएको छ। यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १५६ देशमा गरेको अनुसन्धानका आधारमा बुधबार ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१९’ सार्वजनिक गरेको हो। यो रिपोर्टले विशेषगरी छ मुख्य कुरा हेर्छः आम्दानी, स्वतन्त्रता, विश्वास, स्वस्थ्य जीवन, सामाजिक सहयोग र उदारता। यो सूचीमा अमेरिका १९ औं नम्बरमा छ। बेलायत १५ औं, जर्मनी १७ औं, जापान ५८ औं, रसिया ६८ औं, चीन ९३ औं स्थानमा छन्।
    यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको छ ।
    विश्वका सबैभन्दा दुःखी १० देशहरुको सूचीको पहिलो नम्बरमा बुरुण्डी छ । त्यसपछि मध्य अफ्रिकी गणतन्त्र, दक्षिण सुडान, तान्जानिया, यमन, रुवान्डा, सिरिया, लाइबेरिया, हाइटी र मलावी छन् ।

    यो वर्षका सबभन्दा खुसी १० देश
    १, फिनल्यान्ड

    २, डेनमार्क

    ३, नर्वे

    ४, आइसल्यान्ड

    ५, नेदरल्यान्ड्स

    ६, स्विटजरल्यान्ड

    ७, स्विडेन

    ८, न्यूजिल्याण्ड

    ९, क्यानडा

    १०, अस्ट्रेलिया

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij