सप्तरी– सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन बाँकी छ ।
घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् भने उनीहरुलाइ उपचारका लागि सिरहाको लहान स्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
