Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्र अखण्ड रहने गरी सिके राउतसँग सहमति भएको हो भने सकरात्मक रुपमा लिनुपर्छ – सभापति देउवा


  • आइतबार, फाल्गुन २६ २०७५

  • राष्ट्र अखण्ड रहने गरी सिके राउतसँग सहमति भएको हो भने  सकरात्मक रुपमा लिनुपर्छ – सभापति देउवा

    म्याग्दी– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र अखण्ड रहने गरी सिके राउतसँग सहमति भएको हो भने राम्रो भएको बताएका छन् ।
    म्याग्दीमा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने – के के विषयमा सहमति भएको हो मैले पढ्न पाएको छैन। यदि मधेशलाई छुट्याउनुपर्छ नभनेको भए सहमतिलाई सकरात्मक लिनुपर्ने बताए ।
    साथै केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि स्वतः हुने विधानको व्यवस्थाबारे देउवाले भने किसुनजी,गिरिजा, सुशीलका पालामा त्यही ठीक हुने अहिले नहुने ? उनले भने, म पनि तलबाट निर्वाचित भएर आउनुपर्छ भन्नेमै थिएँ । पार्टीभित्र सहमति खोज्दा खोज्दा आफूले काम गर्न नपाएको देउवाको दाबी छ। उनले नेविसंघको उमेरहद ३२ वर्ष लगाउने नेविसंघले नै निर्णय गरेकोले विवाद नभएको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij