रौतहट – नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले साथै अहिले पनि नेकपा प्रदेश २ को सबैभन्दा ठूलो पार्टी भएको कुरा नबिर्सिन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे ।
अगामी ४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे । कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने उनले जानकारी गराए ।
कार्यक्रममा उनले राजतन्त्र र सामन्तवादविरुद्ध किशान आन्दोलन रौतहटबाटै सुरुआत भएको पनि दोहोर्याए । कम्युुनिष्ट पार्टीको अगुुआयीमा राजतन्त्रको अन्त, नयाँ संविधानको निर्माण र संघीयतासहित देशमा स्थानिय तह बनेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
