Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जङ्गी अड्डालाई प्रधानसेनापतिद्वारा प्लाष्टिक मुक्त क्षेत्र घोषणा


  • शुक्रबार, फाल्गुन ३ २०७५

  • जङ्गी अड्डालाई प्रधानसेनापतिद्वारा प्लाष्टिक मुक्त क्षेत्र घोषणा

    काठमाडौं– नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई
    प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् ।
    आज जङ्गी अड्डा परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच उनले सो घोषणा गरेका हुन् ।
    कार्यक्रमको दौरान प्रधानसेनापति थापाले उपस्थित सकलदर्जालाई सम्बोधन गर्दै प्लाष्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको यस अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडी बढाई व्यारेक इलाकालाई प्लाष्टिक मुक्त क्षेत्र कायम राख्न निर्देशन दिए ।

    साथै, कस्ता प्लाष्टिकजन्य बस्तुलाई निषेधित गर्ने र कस्तालाई पुनस् प्रयोगमा ल्याउन सकिने कुरामा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धीत विभागलाई निर्देशन समेत दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij