Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छुट अस्थायी करार शिक्षकको राष्ट्रिय भेला भोलि


  • सोमबार, माघ २८ २०७५

  • छुट अस्थायी करार शिक्षकको राष्ट्रिय भेला भोलि

    काठमाडौ- छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले भोलि हुने भेलाको तयारी पुरा गरेको छ। सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै यहि माघ २९ गते काठमाडौमा पहिलो राष्ट्रिय सम्मेलनको तयारी गरेको हो ।कार्यक्रम ल क्याम्पस स्थित प्रदर्शनी मार्गमा तय गरिएको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीका अनुसार आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै थप दवावमुलक आन्दोलनको लागि राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभयो। समितिले पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटिका सदस्य नारायणकाजी श्रेष्ठलाई मंगलबार ज्ञापन पत्र बुझाई सकेका थिए।

    करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरेका छन् । खुल्ला शिक्षकको नतिजा प्रकाशनसँगै छुट करार अस्थायी शिक्षकहरुको रोजीरोटी खोसिने भन्दै समितिले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा १८ को समनाताको हक र धारा ३३ को रोजगारीको हक बमोजिम ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित गर्नबाट जोगाएर रोजगारीको हक सुनिश्चित गर्न र नवौं शिक्षक ऐन बमोजिम अस्थायी शिक्षक सरह ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गर्न माग पटकपटक गरेका छन् ।

    शिक्षक महासंघ छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिप्रति सकारात्मक रहेको छ । समितिले महासंघलाई प्रतिबद्धताप्रति अडिग रहन र खुल्ला शिक्षकको नतिजा प्रकाशनसँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेकाले रोजीरोटीका निम्ति ध्यानाकर्षण गराएको जनाएको छ । देशभर करिब १३ हजार अस्थायी करार शिक्षक रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij