Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सांसद पहारीद्धारा तलव भत्त्ताको रकम न्यानो कपडामा


  • सोमबार, पुष ३० २०७५

  • सांसद पहारीद्धारा तलव भत्त्ताको रकम न्यानो कपडामा

     

    पोखरा -गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकम न्यानो कपडामा सहयोग गरेकाछन्। सांंसद पहारीले सोमबार एक समारोहका बिच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हुन् ।

    कालाभाङमा रहेको भगवती आधारभुत बिद्यालयमा रहेका ३५ जना छात्र÷छात्रा र भुल्भुलेमा रहेको युवा ज्योति आधारभुत बिद्यालयका २५ जना छात्र÷छात्रालाई न्यानो कपडा वितरण गरेका हुन् । सामाजिक जागरणको लागि नारी अभियान नेपालको संयोजनमा सांसद पहारीले सुईटर, टोपी, मोजा, सेनिटरी प्याडको साथमा सावुन वितरण गरेका हुन् । जाडो मौसममा न्यानो कपडाको अभावमा अध्ययन गर्न कठिन परेका गरिब तथा विपन्न बर्गका बिद्यार्थीहरुलाई आफ्नो तलव भक्ता वापत आएको रकमबाट सानो सहयोग गरेको पहारीले बताए । उनले भने “ मैले ३० बर्ष राजनीति गर्दा कुनै सुविधा विना काम गरे भने अहिले जनप्रतिनिधि भएर पहिलो पटक जनताबाट पाएको तलव भत्त्ताको रकम जनतालाई नै फिर्ता गर्छु, यो कुनै ठुलो काम होईन् । ”

    पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले सांसद पहारीले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर पं्रशम्सनिय कार्य गरेको बताए । उनले वडालाई नमुना वडा बनाउने अभियामना आफुहरु लागेकोले उक्त अभियान सफल पार्न आग्रह गरे । नारी अभियानका अध्यक्ष सुस्मा पौडेलले बिद्यालयहरुमा पिउने पानी, सरसफाईमा बढी न्यान नदिएको बताउदै यस तर्फ बिद्यालय सचेत हुन आग्रह गरिन । भगवती आधारभुत बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ, युवा ज्योति बिद्यालयका अध्यक्ष खडानन्द बरालले सांसद पहारीले आफ्नो बिद्यालयमा रहेका गरिब तथा विपन्न बर्गका बिद्यार्थीहरुको लागि सहयोग गरेमा धन्यवाद दिदै सामुदायिक बिद्यालयमा बिद्यार्थीहरु घट्दो क्रममा रहेको चिन्ता व्यक्त गरे ।

    यस अघि सांसद पहारीले २१ वटा ठाँउमा सुद्ध पिउने पानीको लागि यूरोगार्ड वितरण गरेका थिए । पोखराको फेवाताल संरक्षणको लागि पोखरा महानगरपालिका वडा नम्बर ६ कार्यालयलाई दुई महिनाको तलव बराबर ८० हजार सहयोग प्रदान गरेका थिए । त्यसै गरी कास्कीकोटको फुल्से डाँडामा करिब ९० हजार मुल्य बराबरको पाईप समेत वितरण गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij