काठमाडौं– कीर्तिपुरको नयाँ बाटोमा सवारी दुर्घटना हुँदा एक घाइते भएका छन्।
कीर्तिपुरको नयाँ बाटो छिर्ने मोडमा आज बिहान सवा ९ बजे सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन्।
पशुसेवा विभागको टोयटा गाडीले ठक्कर दिँदा चाबहिल हाँडीगाउँ बस्ने १८ वर्षीय मोटरसाइकल चालक अंकित प्रजापति घाइते भएका हुन्। गाडीले ठक्कर दिँदा उछिट्टिएर उनी ढल छोप्न बनाएको स्ल्याबमा ठोक्किन पुगेका थिए।
उनलाई उपचारका लागि बल्खुस्थित बयोधा हस्पिटल लगिएको छ। उनको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।।
गाडी चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
