काठमाडौं– सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूताबासबाट फिर्ता बोलाएको थियो ।
राष्ट्रसंघको स्थायी प्रतिनिधिमा यसअघि परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन थियो ।
तर सचिव शंकरदास बैरागीले आफू पूरै कार्यकाल सचिवकै भूमिकामा रहने इच्छा व्यक्त गरेपछि राईले अवसर पाएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
