काठमाडौं -आज बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको हो । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।

महासाखाका अनुसार काठमाडौं आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ।
यसैबीच राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र दामनमा हिउँ पर्न सुरू गरेको छ।

यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
