Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वएआईजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारको मुद्दामा ९ महिना कैद र ७९ लाख ८७ हजार जरिवाना हुने


  • बिहिबार, पुष १९ २०७५

  • पूर्वएआईजी  ऋषभदेव भट्टराईलाई भ्रष्टाचारको मुद्दामा ९ महिना कैद र  ७९ लाख ८७ हजार जरिवाना हुने

    काठमाडौँ -विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महिना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ ।

    न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

    अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ ।

    अदालतले भट्टराईको कूल सम्पत्ति रु तीन करोड १७ लाख ६७ हजारमध्ये रु एक करोड २६ लाख ३० हजार २४९ स्रोत खुलेको सम्पत्ति भएको ठहर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij