Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नुवाकोटको लिखुमा लायन्स कल्ब चाबहिल सिटीको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न


  • सोमबार, पुष १६ २०७५

  • नुवाकोटको लिखुमा लायन्स कल्ब चाबहिल सिटीको  आयोजनामा  स्वास्थ्य शिविर सम्पन्न

     

    नुवाकोट-लायन्स कल्ब चाबहिल सिटी, दिर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स कलब अफ काठमाडौ कैलाशको संयुक्त आयोजनामा नुवाकोटको लिखु गाउँ पालिका, लिखु-५, वेष्ट्रन इटर्नल स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४८७ जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरिएको कार्यक्रमका संयोजक लायन सुवर्ण डंगोलले वताउनु भयो ।

    शिविरमा कल्ब र दिर्घायु अस्पतालले लिखु गाउँ पालिकालाई स्वास्थ्य सम्बन्धी उपकरण उपलब्ध गराईएको थियो ।
    कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष रेजिना राईले लिखु गाउँ पालिकामा आएर स्वास्थ्य सेवा गर्नु भएकोमा धन्यबाद व्यक्त गर्नु भयो । उक्त शिविरमा परिक्षण गरेका सम्पूर्ण विरामीहरुलाई आगामी दिनहरुमा दिर्घायु अस्पताल चाबहिलमा उपचारमा २० प्रतिशत छुट उपलब्ध गराउने अस्पतालका कार्यकारी निर्देशक सुरज श्रेष्ठले वताउनु भयो ।

    उक्त शिविरमा दिर्घायु गुरु हस्पिटलको प्राविधिक सहयोग, डा. विकास नेपाल, डा. निमेश पौडेल, डा. कविता अधिकारी, डा. समिर अर्याल, डा. श्रीकृष्ण देबकोटा, डा सुजन पोखरेल, डा. सन्तोष जोशीको विशेष सहयोगमा सम्पन्न भएको शिविरमा सहभागी सम्पूर्णमा क्लबका अध्यक्ष लायन अजय खनालले धन्यबाद दिदैं अगामी दिनमा अन्य क्षेत्रमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने वताउनु भयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij