Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसिया प्राइड अवार्डबाट हेयर स्टाइलिष्ट निल डेभिड पुरस्कृत


  • शुक्रबार, पुष ६ २०७५

  • एसिया प्राइड अवार्डबाट हेयर स्टाइलिष्ट निल डेभिड  पुरस्कृत

    काठमाडौं– हेयर स्टाइलिष्ट निल डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन् । निल एन्टी करप्सन फाउन्डेशन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना गरेको कार्यक्रममा एसिया प्राइड अवार्डबाट पुरस्कृत भएका हुन्।
    बलिउड अभिनेता राजा मुरादको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निललाई मुरादले पुरस्कृत गरेका थिए। कार्यक्रममा विभिन्न देशका फेशन, व्यापार, समाजसेवालगायतका क्षेत्रमा आबद्व देश विदेशका २५ व्यक्तित्वलाई पुरस्कृत गरिएको थियो । फाउन्डेशनका अध्यक्ष नरेन्द्र अरोराले निलले झापाको लक्ष्मीपुरजस्तो सानो गाउँ, जहाँ विजुलीको समेत अभाव थियो। त्यहाँको युवाले उच्च दर्जा नहुने र नेपाली समाजले सजिलै स्वीकार नगरेको कपाल काट्ने पेशालाई अंगालेर फेशनको दुनियाँमा तहल्का मचाएकाले अवार्ड प्रदान गरिएको बताए।
    निलले दिल्ली, लण्डन र सिंगापुरमा गएर विभिन्न हेयर स्टाइलिष्टसँग हेयर स्टायलका बारेमा अध्ययन गरेका थिए भने अष्ट्रेलियामा २५ सय डलर तलब सुविधा हुने सुनौलो अवसर छोडी नेपालमै आएर हेयर स्टाइलिष्टको काम शुरु गरेका थिए । उनले काठमाडौंमै पहिलोपटक अत्याधुनिक सेवार सुविधासहित युनिसेक्स सलुन सञ्चालनमा ल्याएपछि यो क्षेत्रमा क्रान्ति नै आएको थियो । हाल नेपालका विभिन्न स्थानसहित भारतमा विभिन्न क्षेत्रमा समेत उनको लोकप्रियता र सलुन विस्तार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij