काठमाडौं– पाँचथर फिदिम नगरपालिका-१४ बस्ने ४४ वर्षीय श्यामकुमार राईको करेन्ट लागेर आइतबार बेलुका मृत्यु भएको छ । श्यामकुमारले राती उठी बत्ती बाल्ने क्रममा अचानक हातले आफ्नै घरमा रहेको विद्युतिय एमसीबी छुँदा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी सिराहा कल्याणपुर नगरपालिका-३ स्थित रितादेबि मोचिको घरमा आएका धनुषा बतेश्वर गाउँपालिका(४ का चन्देश्वरी दासको छोरा ४ वर्षिय मन्जित दासको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान मल्टिप्लगमा छुन पुगी करेन्ट लागि गम्भीर घाइते भएका मन्जितको कर्जन्हा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
