ललितपुर– ललितपुरमा स्कुटर दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।
आइतबार १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेल आफैंले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो।
दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
