Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिसेस वर्ल्डमा पृथ्बीया थापाले जितिन् ह्युमनिटेरियन अवार्ड


  • बुधबार, माघ १७ २०८०

  • मिसेस वर्ल्डमा पृथ्बीया थापाले जितिन्  ह्युमनिटेरियन अवार्ड

    अमेरिकाको लास भेगासमा सम्पन्न विबाहित महिलाहरुबीचको अन्तराष्ट्रिय प्रतियोगिता मिसेस वल्र्ड–२०२३ मा नेपालले सेमि फाईनलसम्म पुगी ह्युमनिटेरियन अवार्ड जितेको छ।
    प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी भएकी मिसेस नेपाल वल्र्ड पृथ्बीया थापाले ह्युमनिटेरियन अवार्ड जितेकी हुन्। मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन अवार्ड जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन्। ‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रुपमा लिएको छु। यो मेरो लागि मात्र नभएर नेपालकै लागि महत्वपूर्ण उपब्धि भएको मैले ठानेकी छु। हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस वल्र्डको उपाधि जित्न पनि सकिन्छ भन्ने मलाई लाग्छ’ पृथ्वीयाले भनिन्। उनी उपाधि सहित यसै साता नेपाल फर्कंदै छिन्।
    मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुले ठुलो सफलताको रुपमा लिएको बताए। ‘मिसेस वल्र्डमा हामीले प्रतिनिधित्व गराएको यो दोश्रो अवसर हो । दोश्रो अवसरमै एउटा मुख्य अवार्ड हाँसिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ उनले भने ।
    प्रतियोगितामा मिसेस वल्र्ड २०२३ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन्। मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन्। विश्वका ५७ भन्दा बढी देशका बिबाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij