Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘दुखी आत्मा’ बनाउदै दिपेन्द्र लामा


  • बुधबार, मंसिर १३ २०८०

  • ‘दुखी आत्मा’ बनाउदै दिपेन्द्र लामा

    काठमाडौं– लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको प्रमुख अभिनेतामा दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।
    हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन,निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ–२’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्म नाम ‘दुखी आत्मा’ तय गरिएको हो ।
    ०८० को अन्त्यतिरबाट छायांकन सुरु गरिने फिल्मका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने फिल्म सोसियल कमेडी जनराको हुने जानकारी निर्देशक लामाले दिएका छन् ।
    निर्देशनको हिसाबले ‘दुखी आत्मा’ निर्देशक लामाको छैठौं फिल्म हो । यसअघि उनले ‘घामपानी’,‘गोपी’,‘छ माया छपक्कै’,‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । अर्थपूर्ण बिषयबस्तुमा फिल्म बनाउदै आएका लामाका फिल्म लगालग हिट छन् । ‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दुखी भइरहेका हुन्छौं,त्यही अबस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने,‘फिल्मले मानवीय स्वभावका बिभिन्न आयाम प्रस्तुत गर्ने बिश्वास लिएको छु ।’
    अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ । फिल्मको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनीक गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij