Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पचासौं चलचित्रका खलनायक जनताको घर दैलोमा भोट माग्दै


  • मंगलबार, बैशाख १३ २०७९

  • पचासौं चलचित्रका खलनायक जनताको घर दैलोमा भोट माग्दै

    काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा कुनै समय नाम कमाएका चर्चित खलनायक हुन राजेन्द्र केसी । पचास भन्दा बढी ठूलो पर्दाको चलचित्र थुप्रै टेलिचलचित्र र भारतीय सिरियल सोनपरीमा समेत अभिनय गरेका केसीको अहिले वाटो मोडिएको छ । उनी आजकाल एक्सन र कटमा होइन राजनितिको रंगमञ्चमा रमाएका छन ।
    काठमाडौंको टोखा नगर पालिकाको राजनितिमा सक्रिय केसी यतिवेला चुनावी मैदानमा छन । नगरको वार्ड नं ७ मा नेपाली कांग्रेसका तर्फवाट वडा अध्यक्ष उम्मेदवार बनेका केसी जनताको घरदैलोमा मत मागिरहेका छन । ‘पहिला कला क्षेत्रको सेवा गरेँ अव जन प्रतिनिधि भएर सेवा गर्ने विचार छ ।” उनले भने । आफुले गर्न नसकिने ठूला कामको आश्वासन नदिने तर हुन सक्ने साना तथा महत्वपूर्ण काम गर्ने दावी गरे । राजनिति गरे पनि कला क्षेत्रको माया नमारेको उनले बताए ।
    ‘अव जनताको सेवा मेरो पहिलो प्राथमिकता हो ‘- केसीले भने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij