Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राश्ना शाक्य र प्रताप दासको ‘लगायौ कस्तो मोहनी ‘ सार्वजनिक


  • बुधबार, माघ २६ २०७८

  • प्राश्ना शाक्य र प्रताप दासको ‘लगायौ कस्तो मोहनी ‘ सार्वजनिक

    काठमाडौं– गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी ‘गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सींङ र मास्टरिङ रहेको छ ।
    पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ”द नेक्स्ट ”को युट्युब च्यानलबाट रिलिज गरिएको हो। संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज संगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बिगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक छेत्रको बिकासमा सक्रिय बिष्णु नेपालको पहिलो अभिनयलाइ दर्शकले राम्रो रहेको बताएका छ । उनी अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ”द नेक्स्ट ”को सस्थापक मध्यका एक हुन । ”द नेक्स्ट ”ले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij