Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जागिरे जीवनको भोगाई पुस्तकमा


  • आइतबार, माघ २ २०७८

  • जागिरे जीवनको भोगाई पुस्तकमा

    काठमाडौं – आज २०७८ माघ १ गते साहित्यकार डा.महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर तयार पार्नुभएको कृति रन्थमोल भाग दुई बरिष्ठ साहित्यकार डा• ध्रुवचन्द्र गौतमले सार्वजनिक गर्नुभएको छ ।
    साहित्यकार डा.शर्माको कृति रन्थमोल भाग दुईको ३०औ कृतिका रूपमा आइपुगेको छ।
    गण्डकी साहित्य प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले रन्थमोल कृतिले प्रशासनिक बेथितिको सजीव चित्रण गरेको बताउनुभयो ।
    महेश्वर शर्माको लेखन क्रमबद्ध छन्। हामीले लेखेको पनि यस्तै होस् भन्ने चाहन्छौ । तर छ, छैन अरूले गर्ने मूल्यांकन हो। महेश्वरजीकोमा यो छ।
    उक्त कार्यक्रम वरिष्ठ साहित्यकार शारदा शर्मा र नेपाली काँग्रेसका नेता नरहरि आचार्यको निवासमा भएको थियो । उक्त अबसरमा आफ्नो बिचार राख्दै नरहरि आचार्यले कृतिले समाजमा रहेको विसङ्गतिलाई सरल भाषामा प्रस्तुत गरेको र आगामी पुस्ताका लागि धेरै ज्ञानवर्धक रहेको बताउनुभयो । त्यसैगरी वरिष्ठ साहित्यकार शारदा शर्माले देशको प्रशासन संयन्त्रमा रहेको भ्रष्टाचार र बेथितिलाई कृतिले यथार्थ चित्रण गरेको बताउनुभयो ।
    कृतिका लेखक डा.महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर यो कृति तयार परेको बताउनु भयो। जागिरको शिलशिलामा जतिखेर पनि जागिर खोसिने खतरा आफुमाथि परिरहेको बताउनु भयो। सिरहाको एउटा कार्यक्रममा राजा वीरेन्द्र सवारी हुने कार्यक्रम थियो । राजाको हेलिकप्टर एकठाउमा अबतरण गराउने तय गरिएकोमा राजालाई खबर भएनछ, अर्को ठाउँमा अबतरण भएछ। मलाई दरवारबाट फोन आयो । मैले राजालाई हेलिकप्टर अबतरण गराउने ठाउँ अर्को ठाउँमा हिजो नै तय गरेर पठाएको भनेपछि राजाले मिस्टेक भनेको हुदा मेरो जागिर जोगियो। आफ्नो अनुभबले नयाँ पुस्ताकालागि प्रशासकहरूलाई मार्गनिर्देश गर्ने विश्वास लिएको व्यक्त गर्नुभयो ।
    प्राध्यापक डा.सुरेन्द्र के सीले महेश्वर शर्मा संग धेरै वर्ष अघि ईलामबाट सुरू भएको बताउनु भयो। महेश्वर शर्मा असल प्रशासकका साथै अब्बल साहित्यकार र हाम्रो अभिभावक पनि हुनुहुन्छ । उहाँले हामीले बोल्ने जस्तै सोझो भाषामा सबैले बुझ्ने गरी लेख्नु हुन्छ । केसीले नरहरि आचार्यको पुस्तक जीवनको पाठशाला पढ्दै गरेको बताउदै आफु त्यो किताब पढेपछि छाङ्गाबाट खसेको बताउनु भयो । अहिलेको प्रधानन्यायाधीश कसरी नियुक्त हुनुभएको रहेछ भनेर हामीले पढेका र कतिपय नपढी बहिर आएको भरमा बोल्दा धेरै कुरा उल्टापुल्टा भएको छ। त्यसोत वीपीको जेलजर्नल आउनु भन्दा पहिला दिल्ली संझौताको बारेमा पनि हामीले केके पढायौ! भन्दै हामी प्राडाहरू पनि बिषयलाई गहन र मिहिन रूपले हेर्न पर्ने बताउनु भयो।
    साहित्यकार डा.रमेश शुभेच्छुकले किताब भित्र रहेका भ्रष्टाचारका शृङ्खला, काण्डका शृङ्खला, राष्ट्रघातका चरण, राजसंस्था, राष्ट्रपतिको चालामाला, ओलीका रन्थमोल, अवसरबादका नमुना लगायत धेरै बिषयलाई प्रष्ट पार्नु भएको थियो।
    साहित्यकार डा.रश्मि ढकाल लगायतका वक्ताहरूले देशमा ठुला ठुला राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा व्यावसायिकताको विकास हुन नसकेको बताउनुभयो ।
    कार्यक्रममा बरिष्ठ साहित्यकारहरू तुलसी भट्टराई बियोगि बुढाथोकी लगातको उपस्थित थियो।
    कार्यक्रमको सभापतित्व प्रेम लुइँटेलले गर्नुभएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij