काठमाडौं – राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले बाट लोकप्रिय गायक नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन। त्यस्तै सुजाता केसी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता केसी सचिव सहमतिमा निर्बाचित भएका छन ।
त्यसैगरी बेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन। त्यस्तै कार्यसमिति सदस्यहरुमा मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पार्वती बम,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट निर्विरोध निर्वाचित भएकाछन।
१७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। राजेन्द्र बजगाईको अध्यक्षता एंव बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नबनिर्बाचित अध्यक्ष थापाले गीत संगीतको बिक्रिति बिसंगति नियन्त्रण,पछिल्लो समय कलाकर्मीहरुमा बढेको नेराश्यतालाई सम्बोधन गर्न मनोपरामर्शदाता संग कार्यशाला तथा श्रष्टाहरुको स्वास्थ्य विमा लगायतका सामाजिक कार्यहरुमा संस्थाले ठोस पहल गर्ने प्रतिबध्दता ब्यक्त गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
