Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फेशन डिजाइनमा चम्कदै विलबहादुर थिङ


  • सोमबार, जेष्ठ ५ २०८२

  • फेशन डिजाइनमा चम्कदै  विलबहादुर  थिङ

    काठमाडौं- विलबहादुर थिङ नेपाली फेशन डिजाइनका क्षेत्रमा आफ्ना क्रियसनमार्फत धेरैको रोजाइमा रहन सफल नाम हो । काभ्रेको साविक डाडागाउ गाउँ विकास समिति हाल खानिखोला गाउँपालिका ३ का विलबहादुर काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ । बुबा हस्तबहादुर थिङ माता कालीमाया थिङको कोखबाट जन्मिनुभएका उहाँ विसं २०७६ सालदेखि यो क्षेत्रमा निरन्तर हुनुहुन्छ ।

    फेशन डिजाइनमार्फत नेपाल र नेपालीको संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउने आफ्नो ध्येय रहेको बताउनुहुने उहाँ सुरु सुरुका दिनमा केही गाह्रो भए पनि अहिले सहज हुँदै गएको सुनाउनुहुन्छ । सिक्दै, अध्ययन गर्दै आफू अघि बढिरहेको बताउनुहुने उहाँ यो क्षेत्रमा सधै नयाँ नयाँ क्रियशन पस्किनु चुनौती रहेको बताउनुहुन्छ । नेपालमा फेशनप्रति पछिल्लो समय चासो र रुचि बढ्दै गएको उहाँको बुझाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij