Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दिव्या र विभा ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ घोषित


  • शुक्रबार, असोज १८ २०८१

  • दिव्या र विभा ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ घोषित

     

    काठमाडौं ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ दिव्या पात्रा र विभा बस्नेत घोषित भएका छन् । दिव्याले ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शिर्ष उपाधि हात पार्दा विभाले ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शिर्ष उपाधि जितेकी हुन् । प्रतियोगीतामा ‘मिसेस अर्थ एलिट नेपाल २०२४’को उपाधि भने रोशनी महर्जनले हात पारिन् ।
    आइडियल मोडल कलेजमा अध्यायनरत पात्राले आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेशनल २०२४’, विभाले नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेशनल २०२४’ र महर्जनले नोभेम्बरमै फिलिपिन्समा आयोजना हुने ‘मिसेस अर्थ एलिट २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
    ग्रीन आर्ट्स मिडिया प्रालिको आयोजनामा बुधबार अबेर साँझ हेरिटेज गार्डन सानेपामा आयोजित जोय ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’मा मिस तर्फ आइडियल मोडल कलेजकी जसु महर्जन फष्टरनरअप बन्दा पबस कलेजकी प्रत्युषा नेपाली सेकेन्ड रनरअफ घोषित भए ।
    प्रतियोगीतामा मोष्ट ट्यालेन्ट जसु महर्जन, मोष्ट फ्रेड्ली , रोशनी महर्जन, मोष्ट डिसिप्लेन सान्ड्रिया राई, बेष्ट वाक दिव्या पात्रा, बेष्ट पफमर विभा बस्नेत, बेष्ट स्माइल लिलि राई, चार्मङ पर्सनालिटी सितल बल, बेष्ट स्क्रिन प्रत्युषा नेपाली, बेष्ट हेयर रिभिमा बिसुंके, मोष्ट इन्सपाइरिङ गंगा पुरी चँुनिए ।
    नेशनल निर्देशक समेत रहेकी अनिला श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगीतामा अजय पीडि खनाल (संस्थापक महसचिव–टीयु लायन्स ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टर¬¬) प्रमुख अतिथि रहेका थिए । प्रतियोगीतामा लुनिमा तुलाधर (कलाकार तथा मिडियाकर्मी), सोफिया भुजेल ‘मिस युनिभर्स नेपाल २०२२’, दिवास योन्जान (आइएसओ लेखा परिक्षक) र क्याथरिन दाहाल (मेकअप आर्टिस) निर्णायक रहेका थिए ।
    ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ गरेको ई–प्लानेटद्धारा सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज इन्टरनेशनल’का लागि प्रतिनिधित्व छान्ने उद्देश्यले आयोजना भएको आयोजक ग्रीन आर्ट मिडियाका सीईयो प्रविन लाकौले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij