Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लघु चलचित्र “मेरो बा” सार्वजनिक


  • सोमबार, भाद्र १७ २०८१

  • लघु चलचित्र “मेरो बा” सार्वजनिक

    काठमाडौं – कुशे औंशीको अवसर पारेर पिताको महत्व झल्काउने लघु चलचित्र मेरो बा सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    मेरो बा लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेक बहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा लगायतका साथै बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय हेर्न सकिन्छ । संकल्प भुजेलको छाँयांकन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।
    तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबुआमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताए ।
    चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij