Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८ को मनोनयन सार्बजनिक (सूचिसहित)


  • बिहिबार, भाद्र १७ २०७८

  • आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८ को मनोनयन सार्बजनिक (सूचिसहित)

    काठमाडौं – नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो ।

    तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या बिगतका बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

    मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा साधुबाद । अवार्ड कार्यक्रम भाद्र २१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गर्नेछौं ।

    उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् :

    १. उत्कृष्ट तीज गीत मिक्सीङ

    १. मनोज परीयार : सानीमाया

    २. पवन विश्वकर्मा : माइतीको घर

    ३. मनोज परियार : पातली –३

    ४. राजु कार्की : सिङ्गापुरे साडी

    ५. विपिन आचार्य : हाइ मेरो जीन्दगी

    २. उत्कृष्ट तीज गीत एरेञ्जर

    १. राकेश सोनी : गर्छु माया गर्छु

    २. पवन विश्वकर्मा : माइतीको घर

    ३. राकेश सोनी : घिन घिन मादल

    ४. राजेन्द्र बजगाई : फूलै फूल्यो तिउरी

    ५. झलक संगीतम् : रीमझिमे झरी

    ३. उत्कृष्ट तीज गीत नव गायिका

    १. सकुना श्रेष्ठ मलेकु : माइतीको आगन

    २. शिलाश्मा हमाल : झीलीमाई

    ३. विन्दु विसी : घिन घिन मादल

    ४. सरिता सुनार : लोभी बुढा

    ५. सारदा धिताल : सिङ्गापुरे साडी

    ४. तीज गीत मोडल पुरुष

    १. राजेन्द्र लोहनी : लकडाउनले

    २. दीपेन्द्र तिमील्सीना : पारी वन हरियो

    ३. अभिषेक खड्का : कलकन्ते काइयो

    ४. सुमन परियार : जुल्फि पालेको

    ५. रमेश थापा : मामली तनहुँ

    ५. तीज गीत मोडल महिला

    १. अञ्जु सुनार : माईतीको आगन

    २. साक्षी लम्साल : आँखा गयो नयाँ चिजैमा

    ३. रोविशा रसाइली : गर्छु माया गर्छु

    ४. करिश्मा ढकाल : थोपडाले धोका दीयो

    ५. टीका जैशी : डालीमा पुतली भुरुभुरु

    ६. उत्कृष्ट तीज गीत छायांकार

    १. मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा

    २. प्रकाश खड्का : हङकङको साडी –२

    ३. दुर्गा पौडेल : कुरा काटन

    ४. रोनिश तामाङ : यसपाली त सोह्रै

    ५. अजय रेग्मी : टीकटक चलाउने

    ७. उत्कृष्ट तीज गीत सम्पादक

    १. विनोद वम : आँखा गयो नयाँ चिजैमा

    २. राजकुमार मगर : हङ्कङ्को साडी –२

    ३. विष्णु शर्मा : सानी

    ४. सुरेश राउत : सालको पात

    ५. प्रकाश धमला : अली अली लजाउदै

    ८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक

    १. स्मृति तिमील्सीना : अलि अलि लजाउदै

    २. दिपेद्र तिमील्सीना : पारी वन हरीयो

    ३. केशवराज भट्ट : झिलिमाई

    ४. राजीव बलामी : फुलै फूल्यो तिउरी

    ५. स्मृति तिमील्सीना : सिङ्गापुरे साडी

    ९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक

    १. देवेन्द्र पाण्डे : टीकटक चलाउने

    २. सुरेन्द्र वसेल : यस पालीको तीजमा

    ३. सुमन सागर जंग केसी : जम्का भेट

    ४. प्रकाश धिताल : झिलीमाई

    ५. होम गुरुङ : मुग्लिन

    १०. उत्कृष्ट तीज गीत शब्द

    १. ज्योति गुरुङ : परदेशको छोरी

    २. राकेश सोनी : घिन घिन मादल

    ३. शिताष्मा भुषाल : स्वामीकी प्यारी

    ४. रमेश परियार : माईती देशैँको

    ५. शुष्मा शाही ठकुरी : सानी

    ११. उत्कृष्ट तीज गीत लय

    १. एच वि सुनार : माईतीको आगन

    २. रमेश परियार : माईती देशैको

    ३. ऋतु कँडेल : अलि अलि लजाउँदै

    ४. राकेश सोनी : गर्छु माया गर्छु

    ५. भुवन प्यासी : मखमली

    १२. उत्कृष्ट दोहोरी तीज गीत गायिका

    १. भुमिका शाह : वाटुला

    २. भावना आचर्य : टीकटक चलाउने

    ३. रमीला न्यौपाने : नाई भन्न पाईदैन

    ४. पुर्णकला बिसी : धिपी धिपी बत्ती

    ५. चिजा तामाङ : तारा जुन

    १३. उत्कृष्ट दोहोरी तीज गीत गायक

    १. भागीरथ चलाउने : थोपडाले धोका दियो

    २. सम्राट चौलागाई : सम्झीने पानी छम्किने

    ३. खेम सेञ्चुरी : धिपी धिपी बत्ती

    ४. खुमन अधिकारी : अब होला केही

    ५. भुवन प्यासी : मखमली

    १४. उत्कृष्ट तीज गीत गायिका

    १. मन्जु उपासना : माईतीको आगन

    २. ऋतु कडेल : अलि अलि लजाउँदै

    ३. दीया नेपाल : पिलासे चोली

    ४. सुनिता दुलाल : परदेशकी छोरी

    ५. रोशनी रसाईली : गर्छु माया गर्छु

    १५. उत्कृष्ट मौलिक तीज गीत गायिका

    १. सुनिता दुलाल : स्वामीकी प्यारी

    २. कल्पना काफ्ले : कम्मरै ढलमल

    ३. स्मृती गौतम : माईती देश

    ४. कला लम्साल : पातली –३

    ५. उमा श्रेष्ठ : तीजैको मेला

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij