काठमाडौंँ – गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ ।
गीतको भिडियोमा राज टाइगर र शोफीको अभिनय छ । डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ ।
केशवराज भट्टको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
