Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१७ बर्षपछि फेरि टेलिसिरियल ‘सिन्दुर’ निर्माण हुने


  • शुक्रबार, मंसिर २९ २०८०

  • १७ बर्षपछि फेरि टेलिसिरियल ‘सिन्दुर’ निर्माण हुने

    काठमाडौंँ – ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ बर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् ।
    सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मूर्हूतमा चलचित्र कलाकार संघका पुर्व अध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रत्रा जोशीले नै सिरियलको मुर्हत सट दिएकी थिइन् ।
    यस अगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाएकी थिइन् । जसको निर्देशन योगेश घिमिरेले गरेका थिए । अहिलेको ‘सिन्दुर’ भने विनय राज पौडेले निर्देशन गर्न लागेका हुन् ।
    ‘अहिलेका पुष्ताको बिषयबस्तुमा सिरियल ‘सिन्दुर’ निर्माण हुने अभिनेत्री प्रज्ञाले बताइन् । उनले पहिले झै दर्शकको साग अहिले पनि पाउने विश्वास ब्यक्त गरिन् ।
    निर्देशक पौडेलले निर्माता प्रज्ञाको म प्रति रहको निर्देशिय विस्वास टुट्न नदिने बताए । उनले १२ बर्ष अगाडि ‘सन्दुर’ चलचित्रबाट सहायक निर्देशक बनेको स्मरण गर्दै अहिले ‘सन्दुर’ नामक सिरियल निर्देशन गर्न पाउदा निकै खुसी रहेको बताए । पौडेलले निर्देशकको जिम्मेवारी निर्दे प्रज्ञा प्रति आभार ब्यक्त गरे ।
    प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायत कलाकार अभिनय रहनेछ ।
    मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत रहेको टेलिसिरियलमा सम्राट थापाको संगीत छ ।
    मुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने, मधुसुदन भट्टराई, सुन्दर श्रेष्ठ, प्रदीप भारद्धाज, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेर गिरी, महासचिव रघुनाथ सापकोटालगायत थुप्रै ब्यक्तिको उपसिथ्ती थियो । सिरियलको लेखक पनि निर्देशक पौडेल हुन् । टेलिसिरियलको छायाँकन अर्काे साताबाट सुरु हुने निर्देशक पौडेलले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij