Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यहिको धुलो र माटोबाट उठेको हुँ, जित निश्चत छ – सापकोटा


  • शनिबार, असोज २९ २०७९

  • यहिको धुलो र माटोबाट उठेको हुँ, जित निश्चत छ – सापकोटा

    काठमाडौं क्षेत्र नं. ५ क बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भैरव सापकोटा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका हुन । नेपाली कांग्रेसको विभिन्न तहको नेतृत्वदायी भुमिकामा रहेर काम गर्दै आएका सापकोटा अहिले चुनाव प्रचारमा व्यस्त छन् । चुनावी अभियानका बारेमा युवा नेता सापकोटासंग गरिएको संक्षिप्त कुराकानी :


    तपाईको चुनावी एजेण्डा के छन् ?
    नेपाली कांग्रेस पार्टीले अघि सारेका घोषणा पत्र, नीति र कार्यक्रमहरु नै हाम्रो राष्ट्रिय एजेण्डा र प्राथामिकता हुन । त्यो बाहेक स्थानिय र क्षेत्रिय रुपमा मेरा केहि एजेण्डा तथा प्राथामिकताका कार्यक्रमहरु छन् । त्यसलाई जनता माझ लैजादै छु । एउटा असल र इमान्दार जनप्रतिनिधिका रुपमा जनताका हरेक सुख र दुःखमा आफुलाई पूर्णरुपमा सर्मपित गर्नु नै मेरा मुख्य धर्म हुनेछ ।

    जनता समक्ष प्रतिबद्धता जनाएका विषयहरु चाहि के–के हुन ?
    म निर्वाचन लडेको क्षेत्र शहरी क्षेत्र हो । यसका आफ्नै विशिष्ठताहरु छन् । संघिय राजधानीको महत्वपूर्ण स्थल काठमाडौं महानगरपालिका वडा नं. २,४ र ५ वडा समेटिएको यो क्षेत्र आफैमा सांस्कृतिक र पुरातात्वीक महत्वको छ । यहाँको बसोबास र समाजको बनोट मिश्रित ढंगको छ । त्यसैले विकासका आधारभुत कुराहरुका साथै यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको जगेर्ना र विकासमा मेरो ध्यान केन्द्रीत हुने छ । मौलिक परम्परा र सभ्यतामा आधारित कार्यक्रमहरु बनाएर अघि बढ्ने छु । टुँडाल देवी, हाडिगाउँ जस्ता ऐतिहासिक स्थलको संरक्षण मात्र होइन त्यहाँको परम्परागत जीवन पद्धती, जात्रा, पर्व र रितिरिवाजहरुलाई जीवन्त राख्न जनप्रतिनिधिका रुपमा म क्रियाशिल रहनेछु ।
    युवा, विद्यार्थी, बृद्धबृद्धा, बेरोजगार र विपन्न वर्गका नागरिकको सबै किसिमका समस्याहरुसंग जोडिएर समाधान मुखी कार्य योजनाहरु तयार गर्नु पर्ने आवश्यकता छ । म त्यसमा इमान्दार रहनेछु । यसका लागि सरोकारवाला अन्य निकायहरुसंग पनि सहकार्य गर्ने मेरो योजना छ ।

    चुनावी अभियानका क्रममा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    अत्यन्त राम्रो र उत्साहजनक प्रतिक्रिया पाएको छु । जसले मलाई उत्साहीत बनाएको छ । मैले निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्रको माटोसंग राम्रोसंग परिचित छु । यहाँको आवश्यकता र विशेषतासंग म नजिकबाट जानकार छु । त्यसैले चुनावी अभियान मात्र होइन सधै यहिको समाजसंग घुलमिल भएर आएकाले मलाई उत्साह र गर्वको महशुस समेत भएको छ ।

    चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
    विलकुल विश्वस्त छु । कांग्रेस पार्टी र यहाँको समाजका लागि मैले धेरै हिउँद÷वर्खा कटाएको छु । सार्वजनिक क्षेत्रकै लागि मेरो जीवनको महत्वपूर्ण वर्षहरु सर्मपित भएका छन् । यहिको घुलो र माटोबाट उठेको हुँ, जीत निश्चत छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij