Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायत्री थापाको नयाँ तिज गीत ‘थरी थरी भोले’


  • बिहिबार, असार १६ २०७९

  • गायत्री थापाको नयाँ तिज गीत ‘थरी थरी भोले’

    काठमाडौँ – तिज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ ।
    लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।
    गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् । तडक भडन नगरी निकै जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।
    लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आएकी छन् ।
    ‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गरेकी हुन् । गीत तथा भिडियो निकै राम्रो बनेकोले दर्शक श्रोताको मनपराउने निर्देशक गायत्रीले बताइन्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij