Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने


  • सोमबार, जेष्ठ २३ २०७९

  • ‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने

    काठमाडौँ –‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
    नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाही भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनौट आगामि ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ ।
    फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
    बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस बर्ष बिगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
    ‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
    फेसज शोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij