Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जोगिन्दरले ल्याए ‘काँग्रेसमा भोट किन ?’ (भिडियोसहित)


  • आइतबार, बैशाख २५ २०७९

  • जोगिन्दरले ल्याए  ‘काँग्रेसमा भोट किन ?’ (भिडियोसहित)

    काठमाडौंँ – ३० बैशाखको स्थानिय निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकर्मीहरुले आफु नजिकका राजनीतिक दललाई सघाउने उदेश्यले गीतसंगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् ।
    यस्तैमा चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले ‘काँग्रेसलाई भोट किन ?’ हास्य ब्याङ्ग्य ल्याएका छन् । उनले सार्वजनिक गरेको ‘काँग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्यमा रुखमा भोट हाल्न आग्रहदेखि काँग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ ।
    २७ मिनेट २३ सेकेन्डको हास्य ब्याङ्ग्य नेपाली काँग्रेस निकट नेपाल साँस्कृति संघको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
    नेपाल साँस्कृति संघका महामन्त्री समेत रहेका रिजालले ‘काँग्रेसमा भोट किन ? नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले बनाएको बताए ।
    रिजाल पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी शो ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चाकमा छन् । उनले यस अगाडि निकै लोकप्रिय कमेडी शो ‘जोगिन्दर’ समेत चलाएका थिए ।
    जोगिन्दर उपनामले परिचित रिजाल आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने बताउँछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij