हरिहर अधिकारी, कांग्रेस नेता एंव गत निर्वाचनका टोखा नगरका मेयरका प्रत्यासी
तपाई टोखा नगरपालिकाको मेयरमा पराजित हुनु भयो । निर्वाचित मेयरसहित नगर नेतृत्वको कामलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
म अघिल्लो स्थानिय निर्वाचनमा झिनो मतान्तरले पराजित भए । जनताको निर्णयलाई मैले स्वीकार गरे । टोखा नगरको नेतृत्वको करिब ५ वर्षे कार्यकालको समिक्षा गर्दा नेकपा एमाले पार्टीबाट निर्वाचन जितेका साथीहरुले नगरबासीलाई झुक्याए । उहाँहरुको घोषणापत्रमा ठुला–ठुला आश्वासन दिएपनि यस अवधिमा कुनै उल्लेखिनिय उपलब्धी हासिल गर्न सक्नु भएन ।
नगरपालिका नेतृत्व जनताका साना भन्दा साना आवश्यकतालाई परिपुर्ति गर्न असफल भयो । अझ भन्नुपर्दा नगरबासीलाई नगरपालिका भएको कुनै अनुभुति नै गराउन सक्नु भएन । जनतालाई कर असुल्ने माध्यम मात्र बनाइयो ।
अनेकौ अनियमितता र भष्टाचारका कुराहरु सुन्नुप¥यो । पटक–पटक अख्तियारले नगरपालिकामा छापा मारेको छ । नगरबासीका लागि यो भन्दा लज्जाको विषय अरु के हुनसक्छ । आफन्त र आसेपासेलाई नगरपालिकाको आर्थिक स्रोत वितरण गर्ने र कागजी प्रक्रिया पु¥याएर बजेट सक्ने काम भएको छ । संघिय राजधानी काठमाडौंका सचेत मतदाता प्रति नगरपालिकाले कुनै जिम्मेवारी बहन गर्न सकेन ।
नगरपालिकाको नेतृत्वले त आफुहरुले धेरै राम्रो काम गरेको दावी गरिरहेको छ नी ?
उहाँहरुले आफ्नो बचाउ गर्ने कुरालाई मेरा भन्नु केहि छैन् । तर म केहि तथ्यगत प्रश्नहरु राख्न चाहान्छु । टोखा नगरलाई स्मार्ट सिटी बनाउछु भन्नेले कुन अर्थमा अहिले टोखा स्मार्ट सिटि बनेको छ भन्ने कुराको जवाफ उहाँहरुसंग छ ? नगरभरी सडकको अवस्था कस्तो छ भनेर मैले भनिरहनु पर्दैन । बादँर पनि बस्न नसक्ने भिरलाई उहाँहरुले पार्क भनिरहनु भएको छ । यस अवधिमा कति वटा सार्वजनिक शौचालय निर्माण गर्नु भयो ? कतिपय योजनाहरु निर्माण सम्पन्न नहुँदै भत्किसकेका छन् । ऐतिहासिक र सांस्कृतिक नगर टोखाको कला संस्कृतिको विकासका लागि के गर्नु भयो ? म नगरपलिकाको मनोमानी र विकासमा देखिएको उदासिनता बारेमा सार्वजनिक रुपमा स्वस्थ्य बहस गर्न तयार छु ।
उहाँहरुको घोषणापत्रमा ठुला–ठुला आश्वासन दिएपनि यस अवधिमा कुनै उल्लेखिनिय उपलब्धी हासिल गर्न सक्नु भएन ।
नगरपालिका नेतृत्व जनताका साना भन्दा साना आवश्यकतालाई परिपुर्ति गर्न असफल भयो । अझ भन्नुपर्दा नगरबासीलाई नगरपालिका भएको कुनै अनुभुति नै गराउन सक्नु भएन । जनतालाई कर असुल्ने माध्यम मात्र बनाइयो ।
तपाईले लगाएका आरोपहरु विरोधी दलको आरोप मात्रै हो की ? जनतालाई पनि त्यस्तै लागेको छ ?
टोखा नगरका जनता सचेत र जागरुप छन् । राष्ट्रिय, अन्तराष्ट्रिय विषयमा जानकार छन् । आफ्नो नगरपालिकाले गरेको कामलाई उनीहरुले नजिकबाट हेरेका छन् । एमाले नेतृत्वको नगरपालिकाको कामबाट जनता सन्तुष्ट होइन, आक्रोशित छन् ।
जनताले अपेच्क्षा गरेका स–साना विकास आयोजना समेत कार्यान्वन भएका छैनन् । भौतिक विकासमा त नगरपालिका पूर्णत असफल भयो नै अन्य किसिमका सामाजिक विकासमा समेत उल्लेख विकास नभएको जनताले अनुभुति गरेका छन् । समग्रमा भन्नु पर्दा नगरपालिकालाई जनताले आफ्नो अभिभावक र नेतृत्व हो भन्ने महशुस गर्न पाएनन् ।
तपाईहरुले पनि बेलैमा खबरदारी गर्न सक्नु भएन भन्ने छ नि ?
हुनसक्छ । तर मेयरसहितका पदाधिकारीले हामीसंग कुनै छलफल, परामर्श गर्नु भएन । जनताले उहाँहरुलाई म्यान्डेट दिइसकेपछि दैनिक काममा हामीले हस्तक्षेप गर्ने कुरा पनि भएन । तर नेपाली कांग्रेसबाट जितेका हाम्रा वडा अध्यक्ष र सदस्यहरुले त्यहाँ गलत काम र पार्टीको आवाजलाई निरन्तर उठाइरहनु भयो ।
यस पटक पनि स्थानिय तहको निर्वाचन नजिकिदैछ, नेतृत्वको लागि तपाईले पनि आकांक्षा राख्नु भएको हो ?
मेरो लागि व्यक्ति गौण हो । पार्टीले विश्वास गरेर दिएको हरेक जिम्मेवारी मैले इमान्दारिता पूर्वक निर्वाह गर्दै आएको छु । पार्टीले योग्य सम्झेमा चुनावी मैदानमा नै हुनेछु ।
अघिल्लो निर्वाचनमा पार्टीले आफ्नो घोषणापत्र मार्फत केहि कुरा अघि सारेको थियो । उम्मेदवारको रुपमा मेरा पनि केहि सपना र कार्यक्रमहरु घोषणा भएका थिए । ती कार्यक्रमहरुको सान्र्दभिकता र आवश्यकता अहिले पनि छ । मैले अवसर पाएमा थप नविन एजेण्डाका साथ जनताको घरदैलोमा पुग्नेछु ।
मेरो दावि छ, पाँच वर्षमा टोखा नगरलाई अहिलेको भन्दा उन्नत स्तरको बनाउँन सकिन्छ । र त्यो नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
