Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘बलेको आगो’ मा प्रेमपीडा र असमझदारी (भिडियोसहित)


  • सोमबार, माघ १७ २०७८

  • ‘बलेको आगो’ मा प्रेमपीडा र असमझदारी (भिडियोसहित)

    काठमाडौं– गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजीक भिडियो सार्वजनीक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।
    आरडिआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त,रोशना कार्की र दुर्गा सिंहको अभिनय छ ।
    प्रेमी–प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् ।
    केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन् । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij