नेपाली कांग्रेसको १४ औं महाधिवेशनको यतिबेला वडा स्तरको अधिवेशन भइरहेका छन् । विभिन्न तहका समितिहरुमा उम्मेदवार घोषणा गर्ने क्रम जारी रहेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं. ५ को सभापतिमा उम्मेदवारी दिएका वर्तमान सचिव जनकराज श्रेष्ठसंग महाधिवेशनकै सन्र्दभमा राष्ट्रपुकार डटकमले गरेको कुराकानीको सम्पादीत अंश
तपाईं काठमाडौं क्षेत्र नं. ५ को सभापति को उम्मेदवार बन्दै हुनुहुन्छ । तपाईका एजेण्डा के के छन ?
म सक्रिय राजनीति गर्न यस क्षेत्रमा आएको हुँ । पार्टी संगठनलाई सशक्त बनाउनु मेरो पहिलो दायित्व रहन्छ । राजनीतिका माध्यमबाट स्थानिय चासो र सरोकार सम्बोधन गर्न प्रयत्नशिल रहने छु । यसैको माध्यमबाट सामाजिक रुपान्तरण र सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । क्षेत्र नम्बर ५ बाट राष्ट्रिय राजनीतिमा केन्द्रीय नेतृत्व स्थापित गर्नुपर्छ भन्ने मेरो बुझाइछ ।
गएका तीनवटै निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको अवस्था राम्रो हुन सकेन । निर्वाचनमा राम्रो नतिजा आउन नसक्नुमा के कारण होला ?
गएको निर्वाचनमा सबै निकायमा हाम्रो उपस्थिती न्यून रह्यो । निर्वाचन भनेको स्थानिय जनस्तर सम्म पुगेर जनताको जन भावनालाई मत मार्पmत ब्यालेटमा परिणत गरेर जित हासिल गर्नु रणनितीक तथा प्राविधिक विषयसंग सम्वन्धित रहन्छ । जनताको मतलाई आफु तिर आकर्षित गर्ने विषय निश्चय पनि सजिलो पक्ष हुदैन । निर्वाचनको सम्वन्धमा जहिले पनि आदरणीय नेता नरहरि आचार्यज्यूले भन्नु हुने एउटा कुरा मेरो मानसपटलमा रहि रहेको के हो भने “जित्नलाई सय थोक मिलाउनु पर्छ तर एउटा मात्र विर्गे पनि हारिन्छ ।” । अगाडी पछाडी जति सुकै सकारात्मक कार्यहरु गरे पनि सहि समयमा सहि निर्णय लिएर रणनीति बनाउन सकिएन भने उपलब्धि शुन्य हुन्छ ।
गएको निर्वाचनमा यस क्षेत्रको अग्रज पूर्व क्षेत्रीय सभापति आदरणीय श्रीविनोद भट्टराईज्यूको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । त्यस समयमा नेपालको कम्यूनिष्ट पार्टिहरु एक ठाउँमा रहेर निर्वाचनमा आएको भएर पनि हामीले सोचेको भन्दा फरक मत परिणाम आएको हो । उक्त निर्वाचनमा भए गरेका कमी कमजोरीलाई केलाउदै, सच्चिदै सच्याउदै नेपाली काँग्रेस पार्टीलाई नयाँ उर्जा दिन आवश्यक छ, नयाँ शक्ति प्रदान गर्न जरुरी छ । यो विषय सहकार्य सहअस्तित्व तथा न्यायिक निर्णयबाट मात्र सम्वभ हुन्छ । मेरो सभापतित्वको कार्यकालमा स्थानिय, प्रदेश सभा तथा प्रतिनिधी सभाको तिनै तहको निर्वाचनमा बहुमतका साथ निर्वाचित गराउनेछु ।
कांग्रेसमा युवा पुस्ताको आर्कषण वढाउन के सोच्नु भएको छ ?
यस समयमा देशको कर्णधारका रुपमा रहनु भएका युवा पिढीमा राजनैतिक चेतना कम रहेको छ, कारण युवा पिढीमा रहेको राजनिती प्रतिको वितृष्णा नै हो । वास्तवमा राजनिती आपैmमा गलत विषय हुदैन, यसका पात्रहरुले खेल्ने भुमिकामा निर्भर गर्छ र सोहि वमोजिमको धारणा समाजमा स्थापित हुन जान्छ । राजनिती भनेको समाज सेवा हो भन्ने विषय स्थापित गर्नु छ ।
अहिलेको परिवेशमा राजनितीलाई कमाउ धन्दाको रुपमा लिने कुपात्र हरुका कारणले राजनितीलाई समाजमा हेर्ने दृष्टिकोण अलग तरिकाले विकसित हुदै गएको यस परिप्रेक्षमा यि र यस्ता गलत विषयहरुलाई चिर्दै युवा वर्गमा राजनैतिक चेतना तथा सकारात्मक धारणाहरु स्थापित गर्दै युवाहरुलाई राजनितीमा आकर्षित गराउनु अहिलेको आवश्यकता हो । जुन ठुलो चुनौटीको रुपमा रहेको छ । अहिलेको युवा वर्गलाई सामाजिक कार्यमा अगाडी बढाउने सन्दर्भमा राजनैतिक चेतनाको स्तर बृद्धि गराउदै युवासंग रहेको उर्जालाई संगठनमा समाहित गराउदै पार्टिमा नयाँ उर्जा सृजना गर्न सक्नु नै अहिलेको नेतृत्वको जित हुनेछ भन्ने मैले ठानेको छु । सोहि वमोजिमको नविनतम कार्य योजनाहरु मैले बनाएको छु । मैले सभापतिको रुपमा कार्य गर्दै गर्दा यि विषयहरुलाई महत्वका साथ अगाडी वढाउने छु ।
दुई कार्यकाल क्षेत्रिय सचिव भएर गर्न नसकेको काम सभापति भएर गर्न सक्छु भन्ने कस्ता आधारहरु छन ?
यस विषयमा माथी मैले दिएको जवाफमा धेरै कुराहरु आई सकेको छ । राजनिती भनेको सामाजिक जिवन संग सम्वन्धित हुन्छ । सामाजिक जिवन निकै ठुलो त्याग र तपस्याबाट मात्र प्राप्त हुन्छ । श्रद्धेय नेता महामानव वि.पी. कोईराला त्यतिकै महान नेता हुनु भएको छैन । हाम्रा पार्टिका अन्य नेतागणहरु पनि त्यतिकै सर्वमान्य र सर्वाेच्च नेता हुन सक्नु भएको होईन । उहाँहरुको ठुलो त्याग र तपस्याले उहाँहरुले त्यो स्थान प्राप्त गर्नु भएको हो । व्यक्तिगत जिवनको धेरै चाहानाहरुलाई एकतिर व्यवस्थापन गर्दै आफुलाई आपैmले निचोर्दै व्यक्तिगत जिवनलाई कुनै संस्थाको उद्धेश्य र सिद्धान्त भित्र समाहित गर्नु सजिलो विषय हुदैन । हामीले आप्mनो धेरै व्यक्तिगत ईच्छा चाहनाहरुलाई आपैm भित्र दमित गर्ने सक्नु पर्छ । अनि मात्र संस्थागत चरित्र र जिम्मेवार निर्वाह गर्न सकिन्छ ।
जहाँ सम्म तपाईले जिज्ञासा राख्नु भएको छ । माफ गर्नु होला त्यस विषयमा मेरो सचिव पदमा रहेर दुई कार्यकालमा गर्न नसकेको भन्ने प्रश्नमा म सहमत हुन सकिन । किन भने हाम्रो पार्टि प्रेसिडेन्सियल पद्धत्तिमा अगाडी वढ्ने पार्टीमा सभापतिले ल्याएको कार्यगत, नितीगत विषयमा सचिवले सकारात्मक तरिकाले साथ र सहयोग गर्नुको विकल्प सचिवसंग रहदैन भन्ने मलाई लाग्छ । पार्टिको निती पनि यहि हो । सोहि वमोजिमको पद्धिय दायित्व निर्वाह गर्दै निरन्तर भुमिका मैले खेलेँ । तर मैले जहिले पनि पार्टिलाई केन्द्रविन्दुमा राखेर आप्mनो धारणाहरु दिदै आएँ, जुन आज पनि त्यतिकै सान्दर्भिक छ । संस्थागत चरित्र हाबी गराउँदै संस्थाले दिएको पाईप लाईनमा कार्य गर्नु पर्छ र पार्टीलाई बलियो बनाउदै जानु पर्छ भन्ने मेरो धारणा सदैव छ र रहने छ । कुनै पनि संस्थामा व्यक्तिगत चरित्र हाबी भयो भने कुनै पनि कोणबाट संस्था बलियो हुदैन । दुःखका साथ भन्नु पर्छ अहिले हाम्रो पार्टि भएको यहि छ । यसलाई चिर्दै संस्थागत चरित्र स्थापित गर्नु अहिलेको आवश्यकता हो र सोहि वमोजिमको मेरो कार्य योजनाहरु अगाडी सार्नेछु ।
तपाइको उम्मेदवारी वारे अहिले पनि आशंका छ, त्यसलाइ कसरी निवारण गर्नुहुन्छ ? र सम्भावित क्षेत्रिय प्रतिनिधि, आम क्रियाशिल सदस्य र कांग्रेसजनमा तपाईको आग्रह र अपील के छ ?
म सबैमा विश्वस्त के पार्न चाहन्छु भने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन लागी नेपाली काग्रेस क्षेत्र नं. ५ बैठक हुदै गर्दा एउटा धारणा स्थापित गराउने उद्धेश्यका साथ मैले प्रदेश सभाको उम्मेदवारीमा दावी छोडी पार्टिमा सभापतिको रुपमा कार्य गर्ने निर्णयका साथ आप्mनो धारणा राखेको थिएँ । जुन सुकै ठाउँमा पद पाउने वित्तिकै दावी गर्ने प्रवृत्ती गलत हो, त्यसरी गर्नु हुदैन भन्ने मेरो मान्यता हो, त्यो निरन्तर रहि रहनेछ । त्यस्तो प्रवृत्तिले पार्टीलाई ठुलो हानी नोक्सानी गर्छ ।
मैले पार्टीको सबै तहका नेतृत्व तहसंगको सर सल्लाह वमोजिम नै आफुलाई सभापतिको उम्मेदवारीको रुपमा अगाडी सार्ने निर्णय लिएको हुँ । म स्वभाविक उम्मेदवार हुँ । मैले दुई कार्यकाल निर्वाचित र सर्वसम्मतिको सचिवको रुपमा कार्य गर्दै गर्दा मैले सचिव पदको न्याय गरेको छु । मैले १०–११ बर्षको कार्यकालमा कुनै पनि लाभको पद ग्रहण गरिन । म स्वनिर्णयले सभापतिको उम्मेदवार भएर आएको छु । सबैमा सहयोग अपिल गर्दछु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
