काठमाडौं – ‘आदिवासी जनजाति साहित्यकार महासंघ’को प्रथम भेलाबाट अध्यक्षमा लेखक राजन मुकारुङ चयन भएका छन् । ललितपुरमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ ।
यस्तै, महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भए भने कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक चुनिए ।
महासंघको प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिञ्जाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्णराज सर्वहारी र डा. तारालाल श्रेष्ठ छन् ।
महासंघको केन्द्रीय तदर्थ समितिले ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ राष्ट्रिय भेला आयोजना गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
