काठमाडौं– नेपाल चलचित्र कलाकार संघको प्रदेश स्तरिय शाखा गठन गर्ने क्रममा प्रदेश १ मा शाखा गठन भएको छ । संघका उपाध्यक्ष एंव प्रवक्ता समेत रहेका मोहन निरौलाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ । । उक्त समितिको सह संयोजकमा दिनेश कोइराला र सदस्यहरुमा भिम लामा , जतिन ताम्राकार , माधव पौडेल खत्री , लेजिना सुवेदी , रेश्मा घिमिरे , प्रवल दीप विश्वास , नविन सुब्वा , रेखा लिम्वु , गणेश राउत , मिलन सुवेदी , हरि प्रसाद सुब्वा , मेघराज लिम्वु (गोपाल) , श्याम कटवाल इश्वर गुरुङ्ग , सुजन ढकाल , शारदा शाक्य , ममता चौधरी , धर्मेन्द्र आचार्य र तुलसी घिमिरे हनुहुन्छ ।
मितीः२८।०६।२०७७
प्रेस विज्ञप्ती
नेपाल चलचित्र कलाकार संघको विधानको परिच्छेद १ , दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्वर प्रदेश शाखा २०७७ आश्विन २७ गते गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ । उक्त समितिको सह संयोजकमा दिनेश कोइराला र सदस्यहरुमा भिम लामा , जतिन ताम्राकार , माधव पौडेल खत्री , लेजिना सुवेदी , रेश्मा घिमिरे , प्रवल दीप विश्वास , नविन सुब्वा , रेखा लिम्वु , गणेश राउत , मिलन सुवेदी , हरि प्रसाद सुब्वा , मेघराज लिम्वु (गोपाल) , श्याम कटवाल इश्वर गुरुङ्ग , सुजन ढकाल , शारदा शाक्य , ममता चौधरी , धर्मेन्द्र आचार्य र तुलसी घिमिरे हनुहुन्छ ।
भेलाको सभापतित्व चलचित्र निर्देशक समाजका सचिव अरुण कुमार प्रधानले गर्नु भएको थियो । उक्त कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी पर्शुराम चौधरी लगायत पूर्वाञ्चलका विभिन्न संघ संस्थाका प्रतिनीधि उपस्थित हुनुहुथ्यो ।
नेपाल चलचित्र कलाकार संघको विधानले नेपाल राज्यभरी र प्रवाशमा समेत शाखा खोल्ने ब्यवस्था गरेको छ । यसरी गठन भएका शाखाहरुले केन्द्रीय कार्यसमितिको वैठकवाट निर्णय भए पछि वा अनुमोदन भए पछि वैधानिकता प्राप्त गर्ने छन । विधानको ब्यवस्था अनुरुप नेपालका सातवटै प्रदेशमा शाखा खोल्ने प्रकया तयारी भैरहेको पनि यसै बक्तव्य मार्फत जानकारी गराउदछौ ।
मोहन निरौला
उपाध्यक्ष्य तथा प्रबक्ता
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
