Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिभी छोडेर स्वदेशमै आर्मी बन्ने युवाको कथा बोकेको ‘रगत’ सार्वजनिक


  • मंगलबार, भाद्र ३० २०७७

  • डिभी छोडेर स्वदेशमै आर्मी बन्ने युवाको कथा बोकेको ‘रगत’ सार्वजनिक

    काठमाडौं – हरेक वर्ष डिभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन् । तर एक युवा डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन जान्छ भन्ने कथा बोकेको लघुचलचित्र रगत सार्वजनिक भएको छ ।
    सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले गरेको लघु चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको छ । रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ ।
    रबि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अन्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको यो लघु चलचित्रलाई संकल भुजेलले खिचेका हुन् । कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ । विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।
    नेपाली सेनाले गरेको काम र नेपाली सेना प्रति आम नागरिकको सकारात्मक सोच बिकास गर्नका लागि डिभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको निर्देशक बस्नेतले बताए । उनले यो भन्दा अघि लकडाउनका बेलामा कसैसँग नभेटेरै बुहारी र मे वान नामको दुई वटा लघु चलचित्र बनाइसकेका छन् । रगत लघुचलचित्र पुकार टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij