Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वरिष्ठ लोकगायक महत दम्पति कोरोनाबाट मुक्त


  • आइतबार, भाद्र १४ २०७७

  • वरिष्ठ लोकगायक  महत दम्पति कोरोनाबाट मुक्त

    मेरिल्याण्ड – मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।

    गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका छन् ।

    महतले पोष्ट गरेको स्टाटस

    NO CORONA, GO CORONA.WE DON’T NEED ANY MORE.
    हाम्रा सम्पुर्ण शुभचिन्तक ईष्टमित्रहरू मा हाम्रो हार्दिक नमस्कार।सर्बप्रथम त हामि हालै को केरोना परिक्षण बाट पुर्णतया कोरोना मुक्त भएको जानकारी गराउन चाहान्छौं।बिश्वभरी रहनुभएका हाम्रा हजारौं हजार ईष्टमित्रहरू को आशिर्बाद र माया प्रेम ले हामिलाई यतिठुलो हिम्मत दियो कि जुन Vibrations ले हामि माथी घातक संक्रमण गर्ने बिश्वमहामारी को मुलजड कोरोना लाई परास्त गर्र्ने सफलता मिल्यो।यी सबै हुनु मा हजुरहरूकै गहिरो मायाप्रेम ,भगवान पशुपतिनाथ र हाम्रो ईष्टदेबी तनहुं अवस्थित ढोर बाराही माई को कृपा ठानेका छौं किनकी जुनरोग औषधिबाट निको हुन्छ भन्ने आशै छैन।यस्तो बिषमपरिस्थिति मा हामिलाई सन्चोहोस भनि आशिर्बाद र शुभकामना सहित का सयौं सयौं Face book status दिनुहुने हाम्रा अत्यन्तै पृयजनहरू मा असाध्यै आभारी छौं।नेपाली कलाजगत का हस्थी ,हांस्यमहारथी भनौ मेरा दाई तथा बाउ जस्ता समादरणिय मदनकृष्ण ज्यू र अमेरिका मा रहेका एकदमै प्यारा भाई परशु तिमल्सिना को आंखाहरू बाट बगेका आंसु का प्रेमिल थोपाहरू ले हाम्रा मुटुहरू लाई भिजायो जुन आंशु हाम्रो शक्ति मा परिणंत भयो।
    CORONA भन्ने सानो रोग हैन सानो नमान्नुहोला, ठुलै पनि हैन नडराऊनु होला।यसलाई Maintain गर्यो भने अवस्य ठिक हुन्छ,यदि लापरबाहि गरियो भने ज्यानै लिन पनि सक्छ।त्यसैले हामी हजुरहरूमा यो पनि निबेदन गर्दछौं की जुन Doctors र Nurses अनि who ले दिएका सरसल्लाह नियम पालना गरौं,यदि यो रोग आफुलाई लागी हाल्यो भने कत्ति नलुकाऊं सबैलाई जानकारी दिएर सचेतना जगाऊं।फेरी अर्को बिनम्र अनुरोध योपनि छ की corona भएर निको भैसकेको मानिस पुर्णतया पहिला जस्तै नर्मल हुनेहुंदा रोग सर्छकी भनेर डराउनु पनि पर्दैन साथै यो बिषयमा कुनै सरसल्लाह चाहिएमा आफ्नो अनुभव अवस्य सबैमा टक्र्याउने छौं।फेरीपनि एकफेर हजुरहरू सबैमा धन्यबाद टक्र्यांउदै आभार ब्यक्त गर्दछौं।Especial thanks goes to dear son Dr Sargam Mahat and Jolly Amatya chhori for supervision.
    प्रेम राजा महत-कबिता महत
    हाल अमेरिका बाट।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij