Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनगढीमा दोस्रो पीम नेपाल चलचित्र महोत्सव सम्पन्न


  • मंगलबार, माघ १४ २०७६

  • धनगढीमा  दोस्रो पीम नेपाल चलचित्र महोत्सव सम्पन्न

    धनगढी – बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा ‘पिम नेपाल दीर्घ साधना सम्मान २०२०’ बाट सम्मानित भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएको दोस्रो ‘पिम नेपाल चलचित्र महोत्सव २०२०’ मा उनलाई सो सम्मान दिइएको हो ।

    धनगढी रंगशालामा आयोजित महोत्सवमा हाँस्य साम्राज्ञी वसुन्धरा भुषाललाई ‘पिम नेपाल स्वर्ण साधना सम्मान २०२०’ प्रदान गरियो । कला र कलाकर्मीलाई सम्मान गर्दै सकिएको महोत्सवमा चलचित्र सम्मानबाट भैरहवाका हल व्यवासायिक ओम जैशी, समाजसेवी महिमा पोखरेल, लक्ष्मी वस्नेत, ई.कृष्ण गोपाल भण्डारी ‘पिम नेपाल सेवा सम्मान’, कलाकार नवराज रिमाल र तेजा ऐरलाई ‘मि नेपाल कला सम्मान’ प्रदान गरिएको थियो ।

    माघ ९ गतेबाट सुरु भएको महोत्सवमा सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी. लोकेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार तथा गीतकार शान्ति प्रिय, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी लगायत थुप्रै कलाकारकर्मीको सहभागिता रहेको थियो ।

    नेपाली चलचित्र तथा नेपाली कलाको प्रचार–प्रसार गर्दै पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना भएको पिम नेपाल चलचित्र महोत्सवकी अध्यक्ष कमला जोशीले बताइन् । महोत्सवले दर्शक र कलाकारलाई एक सुत्रमा बाँध्न मद्दत पुगेको पिम नेपालका अध्यक्ष माधवराज खरेलले बताए ।

    कार्यक्रममा दर्जन बढी कलाकर्मीलाई अवार्ड समेत प्रदान गरिएको थियो । जसमा सर्वोत्कृष्ट हाँस्य अभिनेता गोपाल ढकाल ‘छन्दे’, सर्वोत्कृष्ट नवनायक संजित भण्डारी, सर्वोेत्कृष्ट चरित्र अभिनेता उद्धव भट्टराई, उत्कृष्ट निर्देशन राजु अधिकारी, लघु चलचित्र निर्देशन यूगल पोमा, वृत्तचित्र लेखन भिष्मराज फुलारा, सर्वोत्कृष्ट कथा दीपेन्द्र लामा, ईन्करेजमेन्ट अवार्ड गणेश रावल, वृत्तचित्र निर्देशन शेखर खनाल, सर्वोत्कृष्ट वृत्तचित्र गौतम खाती, सर्वोत्कृष्ट अभिनेता विपिन कार्कीलाई अवार्ड दिइयो ।

    त्यसैगरि जुरी अवार्ड सागर ढुंगाना,जुरी अवार्ड कथा आरती अधिकारी, डायस्पोरा अवार्ड धु्रव दत्त, जुरी अवार्ड उमिद बागचन्द, सर्वोत्कृट फिल्म नेपाल भाषा लिच्वा, सर्वोत्कृट फिल्म (थारु भाषा) जान तोहर नाम राजकुमार श्रेष्ठ । सर्वोत्कृट फिल्म (डेउडा भाषा) धन्यमाया जाल वीरेन्द्र सिंह, सर्वोत्कृट अभिनेता (डोटेली भाषा) विनोद वोहोरा (वोक्टानी किंग), सर्वोत्कृट अभिनेता (थारु भाषा) संगत चौधरीले प्राप्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij