Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भ्वाइस अफ बुटवल को उपाधी सिद्धार्थ गैरे जिते


  • बुधबार, पुष २३ २०७६

  • भ्वाइस अफ बुटवल को उपाधी सिद्धार्थ गैरे जिते

    बुटवल – बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ बुटवल’को उपाधि सिद्धार्थ गैरेले जितेका छन् ।
    बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित औद्योगिक ब्यापार मेलामा सिद्धार्थले भ्वाइस अफ बुटवलको उपाधि जितेका हुन् ।
    फाइनलमा वर्षा ज्ञवाली दोस्रो, सन्दीप मगर तेस्रो भए । अन्जली थारु र सागर घिमिरेले सान्त्वना पुरस्कार पाए ।
    ३२ जनाले अडिसनमा भाग लिएकोमा २० जना प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
    उपाधि विजेतालाई मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले क्रमशः ६५ हजार ५ सय ५५, ३५ हजार ५ सय ५५,२५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई जनालाई १० हजार ५ सय ५५ रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij