जापानमा सूर्य ईन्टरनेशनल अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । अवार्ड समारोहमा वरिष्ठ कलाकार मह जोडी अर्थात मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्य ‘सूर्य रत्न सम्मान २०१९’बाट सम्मानित गरिएको छ । जापानको टोकियोमा सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’मा महलाई यो सम्मान दिइएको हो ।
कार्यक्रममा निर्देशक तथा वरिष्ठ कलाकर नीर विक्रम शाह ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । क्याप्टेन तथा कलाकार विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान २०१९’ गरिएको कार्यक्रममा चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण सुवेदी सम्मानित भएका छन् । सुवेदीलाई नगद २५ हजार जापनिज रुपैयाँ सहितको पुरस्कार प्रदान गरियो ।
अवार्ड समारोहमा अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, फिल्म छक्का पञ्जा ३, निर्देशक दीपाश्री निरौला, अभिनेत्री बर्षा राउत, बुद्वी तामाङ, मन्जु पौडेल, कुलेन्द्र बिक, सञ्जिब पाराजुली, टीका प्रसाई, राजेश पायल राई, मेलिना राई, विपिन कार्की, नम्रता श्रेष्ठ, दिपेन्द्र लामालगायतले अवार्ड प्राप्त गरेका छन् ।
अवार्डमा लागि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, ऋषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राईलगायत कलाकार टोली जापान पुगेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
