Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको फारम खुल्ला


  • आइतबार, मंसिर १ २०७६

  • नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको फारम खुल्ला

    काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम ननेपाल)को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको छ ।

    नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेका छन । नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको विभिन्न विधामा प्रतिष्प्रधा रहनेछ भने भाषा भाषीतर्फ काठे गीत, डेउडा गीत, नेपाल भाषा, तामाङ , राई , लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारुचौधरी, राजवंशी, गुरुङ लगायत विभिन्न भाषाका गीत संगीतहरुमा प्रतिष्प्रधा हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले वताए ।

    नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अंग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ (१ बर्ष) सम्म वजारमा आएका एवं प्रकाशनमा आएका अडियो÷भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् भने भाषा भाषि अन्तगर्त जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म (२ बर्ष) भित्रमा वजारमा आएका गीत संगीतले भाग लिन पाउने आयोजकले वताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij