काठमाडौं – प्रहरीले चर्चित र्यापर भिटेन अर्थात समीर घिसिङ पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।
https://www.facebook.com/VTENOfficial/photos/a.822412671176475/2394224617328598/?type=3&theater
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
