Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिसेस नेपाल इन्टरनेसनल २०१९मा ३६ जना अन्तिम प्रतिस्पर्धामा


  • बुधबार, भाद्र १८ २०७६

  • मिसेस नेपाल इन्टरनेसनल २०१९मा ३६ जना अन्तिम प्रतिस्पर्धामा

     

    काठमाडौं- रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम स्पर्धाका लागि छानिएका छन् ।
    रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराएका छन् । प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्न पाउने भएका छन् ।

    विभिन्न समुह तथा वर्गका युवा तथा युवतीको सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले यो प्रतियोगिता समाजिक मुद्धाहरुसँग जोडेर गर्दै आएको छ । प्रतियोगितामा सामेल महिलाहरुले करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज४गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्नेछन्। तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवल म्यानर, आर्टअफ लिभिङ, सेलिब्रेटी अन्र्तक्रिया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, सारिरिक हाउभाउ महिला ससक्तीकरण जुम्बा, सोसियल मिडियामा प्रोफाईलहरु, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाहलगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने आयोजकले जानकारी गराएका छन् । प्रतियोगिहरुलाई पूर्व प्रधानसेनापती रुक्माङगद कटुवाल, कलाकारहरु बिरेन्द्र हमाल, संचिता लुईटेल, व्युटिसियन सुष्मा महरा, शिक्षासेवी पुर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवत्ता तथा कलाकार कृष्ण ढुङ्गाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र पे्रमर्षी, व्यवसायि अनुप के बराललगायतबाट कक्षा लिईने आयोजकले जानकारी गराएका छन् । अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्पmबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन्। त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने आयोजकले जानकारी गराएका छन् ।
    यस अघिको यो प्रतियोगितामा सविता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे र चन्दा थापा गिरी विजयी भएका थिए भने चन्दा थापा गिरीले अघिल्लो वर्ष सिंगापुरमा सम्पन्न अन्तराष्ट्रि प्रतियोगीता मिसेस इन्टरनेसनलमा मिसेस एसिया प्यासिफिकको उपाधि नेपालमा भित्र्याउन सफल भएकी थिईन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij