स्विडेन – ३१ अगस्टका दिन गैर आबासिय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनको आयोजनामा हिन्दु नारीहरुको महान चाड ‘हरितालिका तीज २०७६’ स्वीडेनको राजधानी स्टकहोलममा दरखाने कार्यक्रम सम्पन्न भएको छ । स्विडेनमा रहेका नेपाली दिदी बहिनिहरुलाई दहर खुवाई भब्यताका साथ सम्पन्न गरेको छ । एनआरएन एनसीसी स्वीडेनका अध्यक्ष दिनेस कुमार श्रेष्ठको सभापतित्वमा भएको तिज कार्यक्रमको अथितिहरुमा आईसिसि सदस्य प्रबेश कुवर, नबनिर्बाचित आईसिसि सदस्य तथा निबर्तमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पुर्ब आईसिसि सदस्य तथा एनसीसि स्वीडेनका सस्थापक अध्यक्ष नबिन थपलिया, संरक्षक तथा पूर्व अध्यक्ष चिरन्जिबी खरेल, संरक्षक जानुका आन्द्रेसन रहेका थिए
कार्यक्रमलाई संघकी कोषध्यक्ष सरिता ढकाल र महिला संयोजक रिना के सीले संचालन गरेका थिए । संघकि महिला सदस्य बेली जीसीले स्वागत मन्तब्य दिएकि थिइन् भने महिला दिदि बहिनीले टिपिकल नेपालीपन झल्कने ग्रुप तिज गितले स्वागत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष दिनेस कुमार श्रेष्ठ र आईसिसि सदस्य तथा निवर्तमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठले रमिला न्यौपानेलाई सम्मानगरि प्रमाण पत्र प्रदान गरेका थिए ।
एनआरएनए स्वीडेनको निमन्त्रणामा उपस्थित राष्ट्रिय लोक दोहोरी गायिका रमिला न्यौपानेले आफ्नो प्रस्तुति दिएकि थिइन् । त्यसैगरी स्थानीय कलाकार दिया थापाले ‘चिटिककै भाछु रे’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
प्राविधिक सहयोगी सचिब प्रमोद अर्याल महासचिब राजकुमार पाठक प्रोग्राम व्यब्यस्थापनमा खट्नु हुने उपाध्यक्ष घन श्याम पुन लिल युवा संयोजक भिम भन्डारी सदस्य प्रविन श्रेष्ठ, रामचन्द्र गौतम लगायत स्वयमसेबक साथीहरु कार्य समितिका साथीहरु मिठो स्वादिस्ट खाना बनाउनु हुने श्याम कार्की लगायत सबै सहयोगी मनुभाबहरुलाई धन्यवाद तथा आभार ब्यक्त गरेका थिए ।
आफ्नो अमुल्य समयका बाबजुद पनि निमन्त्रणालाई स्वीकारगरी कार्यक्रममा पाल्नुहुने सम्पूर्ण स्वीडेनबासि नेपाली दिदि बहिनिहरु, दाजु भाई संघ संस्थाका प्रतिनिधीलाई एनआरएनए स्वीडेनले धन्यबाद तथा आभार प्रकट गरेको थियो ।
कार्यक्रमले विदेशमा रहेका चेलीहरुले आफ्नो जन्म घर माईतीको तिर्सना मेटाएको हुन सक्ने बताउदै दिदी बहिनी दाजु भाईको भाईचाराको सम्बन्ध प्रगाढ हुनुका साथै नेपालीपन, नेपाली भाषा, संस्कृति, रितिरिवाज, चाडपर्बको प्रवद्धनका लागि कार्यक्रमले टेवा पुर्याएको निबर्तमान अध्यक्ष तथा नबनिर्बाचित आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठले जनाएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
