Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट ५ लाई प्रमाणपत्र तथा मेडल वितरण


  • सोमबार, भाद्र १६ २०७६

  • सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट ५ लाई प्रमाणपत्र तथा मेडल वितरण

    काठमाडौं – दोस्रो ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल सर्जक, कलाकार एवं प्राविधिकहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको छ ।
    नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दको प्रमुख आतिथ्यतामा उत्कृष्ट पाँचका नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, डब्बु क्षेत्री, चलचित्र निर्देशक रमेश थापा, गायक तथा आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल र चलचित्र पत्रकार संघकी उपाध्यक्ष गिता अधिकारीको आतिथ्यता रहेको थियो । समारोहमा ४२ विधाका २ सय १० नोमिनिजलाई प्रमाणपत्र र मेडल वितरण गरियो ।
    सगरमाथा म्युजिक अवार्ड रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको हो । आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार अवार्ड कार्यक्रम आगामी असोज ९ गते आयोजना हुने छ ।
    अवार्ड समारोहमा सङ्गीत पत्रकारिताको माध्यमबाट यस क्षेत्रको विकाश र विस्तारका लागि क्रियाशील ६ जना रङ्ग पत्रकारहरु समेत ‘सगरमाथा रंग पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । यस वर्ष शान्तिप्रियलाई रंग पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने राज श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, विजय आवाज, कुवेर डंगोललाई रंग पत्रकारिता
    सम्मान र मनीष दाहाललाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij