काठमाडौ- गायक रामकृष्ण श्रेष्ठले कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट युगल गायकको अवार्ड जित्न सफल भएका छन् ।
संचारकर्मी समेत रहेका गायक श्रेष्ठले गायिका मिलन अमात्यको संयुक्त आवाजमा रहेको रुपैको गीतबाट उक्त अवार्ड हात पार्न सफल भएका हुन । रचनाकार अम्बिका गुरुङ्गको शव्द तथा संगीत अशुसेन लामाको रहेको गीतलाई निकै रुचाईएको थियो ।
डेढ दशकदेखी निरन्तर विभिन्न लोकप्रिय गीत मार्फत दर्शक श्रोताको मन जित्दै आएका गायकले यस अघि पनि थुप्रै अवार्ड जितिसकेका छन ।
नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सहआयोजना तथा कतार स्थित स्टार अफ किङ्ग,को संयुक्त आयोजनामा दोहाको भव्य हल रिजेन्सी हलमा आयोजित कार्यक्रममा उक्त अवार्ड वितरण गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
